नियम ६२
बिदा माग गर्ने विधि
(१) बिदाको निकासाको निमित्त सैनिक व्यक्तिले आफूलाई चाहिएको बिदाको किसिम, कारण र अवधि समेत खुलाई बिदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ ।
(२) कुनै सैनिक व्यक्तिले आफूले पाउने कुनै बिदा नेपाल बाहिर बिताउन चाहेमा बिदाको निमित्त दिने निवेदनमा विदेशमा बिदा बिताउनु पर्नाको कारण, सम्पर्क ठेगाना, सम्पर्क टेलिफोन नम्बरसमेत खुलाई बिदा माग गर्नु पर्नेछ ।
(३) अध्ययन बिदाको लागि निवेदन दिंदा अरु कुराको अतिरिक्त मुख्यतः देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः–
(क) आफूले अध्ययन गर्न खोजेको विषयको विवरण,
(ख) अध्ययन गरिने विश्वविद्यालय, शिक्षण संस्थामा प्रवेश गर्ने स्वीकृति प्राप्त भएको विवरण,
(ग) अन्य आवश्यक विवरण ।
(४) उपनियम (१), (२) वा (३) बमोजिम निवेदन पेश भएपछि बिदा दिने अधिकारीले पनि बिदा स्वीकृत वा अस्वीकृत भएको सूचना सम्बन्धित सैनिक व्यक्तिलाई दिनु पर्नेछ ।